मुग्लान पस्दा Pt 3

त्यो रात निदाउन सकिन म, त्यो मौका छोडेको मा अल्लारेलाई ग्लानी नहोला भन्न सकिन्न, जे सुकै खाउ तर कमाएर खाउ हजुरबा थिएनन तर शब्द अझै गुन्जाएमान छन्। आज फेरि म झिसमिसेमा भाग्दै छु, गुरुजी अझै घुर्दै छन्। उठाउनु, नउठाउनुको कुनै तुक छैन। काठको भुइ काइ-कुइ नगरोस भनि म बिस्तारै तल झरे। उ उठी सकेकी थीइ, म अडिए। आफै सँग भाग्दै छौ तिमि किन डराउछौ, चिया खाएरै भाग भन्दै उसले दुध मा चिया थपि। नाइ भन्न आट आएन हुन्छ भन्न त्यो आत्मबिश्वाश हिजै राती स्खलित भइ सकेको थियो। उसले होटेलकै एउटा खिल्ली चुरोट मलाई दीइ। त्यति छोटो समयमा उ मेरा बानी देखि अभ्यस्त हुँदै छ। मैले धेरै गार्हो मानेर चुरोट सल्काए। धुवाले गल लाग्यो मलाई। चिया पाक्दै गर्दा उसले ३-४ फेर चिया चाखी, मानौ उ आफ्नो करियरको सर्बोत्तम चिया बनाउन तल्लिन छ। निशब्द म, उ मेरै मौनताले मलाइ दुई फक्लेटा पार्दै चिर्दै गइ, निशब्दै। दुई कप चिया उसले म बसेको टेबलको दुई छेउ मा राखी। बिट तीर फुटेको अली पुरानो कप उसले समाती, मैले मसिनो थ्यांक यू भने। त्यहा भावनाहरू थिए, सम्बाद थिएन। उसले मेरो अनुहार हेरेकै छैन, चिया पिउदै गइ उ; चियाको त्यो मरिच-अदुवाको गन्ध फैलदै थियो मैले भारी हातले चिया सुरुप्प पारे। म जान्दिन तिमी घरमा कस्तो थियौ, कस्तो हुनलाई घर छोड्यौ, तर मलाई थाहा छ, तिमी अझै उस्तै छौ। भाग्नु, भगाउनुले तिमिलाइ कुनै अर्थ राख्दैन। तिमी ती मानिसहरू मध्य पर्छौ जसलाई जिन्दगी कसरी चल्छ बुझाइन्छ, पढाइन्छ, सम्झाइन्छ, म जिएर देखाउछु। उसले थोरै शब्दमा धेरै भनी, म र उ बिचको भिन्नता कति छ उसले मेरै पाइताला मुनिको जमिन चिरेर देखाइदी। औसत पुरुषको चिर हरण थियो त्यो। मलाइ हतार भयो त्यहा बाट हिंड्न। कहाँ जान्छौ? पैसा छ? कसको मा जान्छौ? घर फर्किन्छौ? कुन मुखले? कुन शब्द, कुन सान्तवना लिएर? लोकमान साहुको गोदाममा काम जत्ति पनि छ, उ त्यहानिरको गोदाम, कमाउन खोज्नेलाई त्यो सुरुवात चाहिने भन्दा बेसी छ। सित्तैमा सुत्न, बस्न तिमिले ठाउँ चिनी सक्यौ।