,

क्रसिङ द रुबिकन

हामी एक पटक फेरी रुबिकन तर्ने संघारमा छौ, तपाईं कत्तिको तयार हुनुहुन्छ?

आफ्नो सेनाको सानो टुकडीका साथ रुबिकन खोल्साको बगरमा आइपुग्दा जुलियस सिजर अवगत थिए कि अबको कदमले खोल्सो मात्र तार्दैन, सँगै आफु माथी देश द्रोहको मुद्दा लाग्ने छ। “यदी पछी हट्नु छ भने अहिले नै उत्तम समय हो नत्र रुबिकोन तरिसके पछी हामी सँग लड्नु सिवाय अरु बिकल्प हुने छैन” सिजरले आफ्ना सेनालाई भने। इसा पुर्व ४९ को त्यो कदमले महाशक्ती रोमको राज्यसत्ता मात्र परिवर्तन गरेन, आधुनिक युरोपको जगपनी बसाल्यो। र जन्म भयो वाक्यान्श “क्रसिङ द रुबिकन” अर्थात पोइन्ट अफ नो रिटर्न।

२०,००० हजार बर्ष पहिले हाम्रा पुर्वजलाई लाग्थ्यो खाना बदोश सिकारीतन्त्र नै नव युगको अभेद्य चक्र हो

बानरमुखी होमो एरेक्टस अन्य जनावरको तुलनामा कमजोर थिए, ढिलो गतीमा हिड्थे, कुद्थे। उनिहरुको एक मात्र बिशेषता भनेको, दुई खुट्टे भएको हुनाले अरु जनावर भन्दा उनिहरु कम उर्जा खपत गर्थे। लोपोन्मुख बानरमुखी एरेक्टस सँग आफ्नो प्राण रक्षा निम्ती समुहमा बस्नु सिवाय अर्को कुनै उपाय नै थिएन, त्यो सँगै उदय भयो मानव जातीको (होमो सेपिएन्स) बिकास, र अन्य दुई खुट्टे मानव मुखी प्राणी युगको अन्त्य।

२०,००० हजार बर्ष पहिले हाम्रा पुर्वजलाई लाग्थ्यो खाना बदोश सिकारीतन्त्र नै नव युगको अभेद्य चक्र हो, जसले यसमा महारथ हासिल गर्‍यो सन्सार उसैको निम्ती हुनेछ। तर उनिहरुलाई के थाहा नाइल्स नदी क्षेत्र वरपर नयाँ युगको बिजारोपण हुँदैछ, जसले मानव सभ्यतालाई अर्को खुड्किलो मात्र चढाउने छैन सँगै एउटा सिङो युगान्तकारी अन्त्यको थालनी गर्ने छ। नाइल्स नदी सभ्यताको सिको सम्पूर्ण मध्ये पुर्वी एसिया, ग्रीस हुँदै इन्डस उपत्यका सम्मा फैलियो र अन्त्य भयो खाना बदोश सिकारीतन्त्र युगको र सुरु भयो कृषि सभ्यताको।

स्मरण योग्य के छ भने, जती पनि युगान्तकारी परिवर्तन भए मानव सभ्यतामा, त्यस्ता ब्यक्ती, समुदाय अथवा राष्ट्र मात्र परिवर्तनका सम्वाहक र नेत्रित्व गर्ने भूमिकामा पुगे जसले यि आउँदा परिवर्तनलाई अरु भन्दा पहिले नै देखे र त्यसै अनुरुपको तयारी गरे।

उता युरोपमा धातु प्रयोगको युग सुरु भयो, धर्म गुरु जन्मिए, अनी जन्मिए औपनिवेशिक शक्ती। सुर्यास्त नै नहुने बिशाल साम्राज्य स्थापित भए। धर्म चिन्तनले बलियो पकड जमाएको, बैकल्पिक सोच र बिचारले प्रश्रय नै नपाउने त्यो युग, लाग्थ्यो अब यही नै हो नयाँ विश्व ब्यबस्था। सत्रौ शताब्दिको अन्त्य तिर तर्क र बिचारका योद्धाहरु भूमिगत रुपमै आफ्नो सन्जाल बिस्तार गर्दै थिए। कारण सामान्य थियो, चर्चले बन्देज गरेका र धर्मका बिरुद्ध भनी घोषणा गरेका बिषय जस्तै बिज्ञान र आविस्कार जसले इश्वरको अस्तितिव माथि नै प्रश्न खडा गर्न सक्थे त्यस्ता बिषय उपर चर्चा र बहस चलाऊनु। यसको प्रत्यक्ष असर फ्रान्सेली क्रान्तिका रुपमा देखा पर्‍यो। लुइ १६औ लाई फ्रान्सका अन्तिम बादशाहका रुपमा जनताले गुलेटनमा सिर काटीदिए। तत्पस्चात बादशाह, धर्म गुरु, पादरीहरु ताशका पत्तीझै बढारिदै गए। औपनिवेशिक साम्राज्यको पतन सँगै चर्च र राज्य अलग भए, र सुरु भयो ज्ञानको युग (एज अफ इनलाइटेनमेन्ट)।

स्मरण योग्य के छ भने, जती पनि युगान्तकारी परिवर्तन भए मानव सभ्यतामा, त्यस्ता ब्यक्ती, समुदाय अथवा राष्ट्र मात्र परिवर्तनका सम्वाहक र नेत्रित्व गर्ने भूमिकामा पुगे जसले यि आउँदा परिवर्तनलाई अरु भन्दा पहिले नै देखे र त्यसै अनुरुपको तयारी गरे। होमो सेपिएन्स बाहेको अरुपनी दुई खुट्टे बानर प्रजातीहरु थिए, तर होमो सेपिएन्स नै पहिले समुहमा बस्ने बानर प्रजाती बने र आव्श्यकता अनुसार बसाइ सर्दै गए। त्यसैले संसारका हरेक कुनामा आज मानिस भेटिन्छन।

पॉल विरिलियोले भनेका थिए “जब तिमी जहाज आविस्कार गर्छौ, सँगै जहाज दुर्घटना पनि”

संसार बाट राजतन्त्र फालिने क्रम बढ्दै जादा, साम्राज्यवाद हराएर जादा पनि बेलायत राजतन्त्र जोगाउन सफल भयो। १७औ शताब्दीमा जुन बैचारिक क्रान्ति चलेको थियो, आफ्ना तर्क र बिचार राज्य सत्तामा स्थापित भएका शक्तिको भयबाट मुक्त रहेर खुल्ला रुपमा प्रस्तुत गर्न पाउने, त्यो बेलायतको साशक बर्गले देखेको थियो। प्रजातन्त्र, सेपरेशन अफ चर्च फ्रम स्टेट भन्ने तत्समयका प्रयोग म्याग्नाकार्टा मार्फत स्थापित गराउन सक्नुले नै उनिहरु पतनहुनबाट जोगिएका थिए।

कृषि युगको उत्कर्शमा रहेका भारत र चीन, विश्व अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्थे १८औ शताब्दी सम्म, औधोगिक क्रान्तिको उदय सँगै भारत र चीन धेरै लामो समय सम्म उक्त दौडमा पछी परे। औधोगिक क्रान्ति पुर्व विश्व अर्थतन्त्रको केन्द्र बिन्दु मानिएका मुलुक रातारात संसारकै गरीब मुलुकमा परिणत भए १९औ शताब्दीको पुर्वार्धमा। परिवर्तनको पहिचान जरूरी छ, नत्र यसको मुल्य पुस्तौ सम्म चुकाइ राख्नु पर्छ भन्ने उदाहरण हो यो।

विश्व मुद्रा बजार र अर्थतन्त्रमा यसले ल्याउने उथल-पुथल पूँजीवादी अर्थतन्त्रले कल्पना सम्म गर्न सक्दैन।

पॉल विरिलियोले भनेका थिए “जब तिमी जहाज आविस्कार गर्छौ, सँगै जहाज दुर्घटना पनि” औधोगिक क्रान्ति सँगै बढ्दो शहरीकरण र तक्निकी रफ्तार सँग नमिल्दो मानव तालमेलले जन्माएको समस्या २०औ शताब्दीका सबै भन्दा ठुला समस्या हुन। यि समस्याका समाधान खोज्न नपाउदै मानव सभ्यता अर्को युगान्तकारी परिवर्तनको संघारमा उभिएको छ। २१ औ शताब्दिको परिवर्तन अद्रिश्य छ तर पनि यसका असर विश्व समुदायमा देखा पर्न सुरु गरिसकेका छन्। अबको परिवर्तन डिजिटल सन्जालको हुनेछ। साना भन्दा साना, अनी गौण लाग्ने सुक्ष्म सन्यन्त्रको सन्जालले सबै भन्दा ठुला उथल-पुथल ल्याउने संसार भरिका निती-निर्माताको अड्कल छ। ब्यक्ती ब्यक्ती बिच डिजिटल सन्जालले कसरी संसार भरी रहेका मिडिया कम्पनीलाई पछी धकेल्दै छन् र परीणाम स्वरूप कुनै एक ब्यक्तिका केही हरफका भरमा राज्य सत्ता रातारात तख्ता पलट हुँदै छन्। फेसबूक ट्वीटर यसको ज्वलन्त उदाहरण हो।

कार्ल मार्क्सको पूँजीवादको व्याख्यालाई नै जरै देखी हल्लाएको छ शेयर्ड इकोनोमीले

ईन्टरनेट माध्यम बाट कम्प्युटर सन्जालको प्रयोगबाट जेनरेट गरिने डिजिटल मुद्रा बिटकोइन अहिले बित्तिय उद्धोगको सबै भन्दा ठुलो टाउको दुखाइको बिषय बनेको छ। दुई अपरिचित ब्यक्ती बिच, बिना कुनै बैंक, बिना कुनै कागजी मुद्रा अथवा बहुमुल्य धातु सहजै ईन्टरनेट मार्फत आफ्नो परिचय नखुलाई विश्वसनिय लेन-देन गर्न मिल्ने उक्त मुद्रा आफ्नो स्थापना काल देखी नै डलर भन्दा सशक्त बनेर आएको छ। विश्व मुद्रा बजार र अर्थतन्त्रमा यसले ल्याउने उथल-पुथल पूँजीवादी अर्थतन्त्रले कल्पना सम्म गर्न सक्दैन।

साझा अर्थतन्त्र(शेयर्ड इकोनोमी) जहाँ पुन्जी श्रीजना भन्दा पनि संसाधन सम्मको शहज पहुचले श्रीजना गर्ने महत्व र त्यसबाट हुने लाभ बढी मुल्यवान छ, त्यसको ज्वलन्त उदाहरण हुन् उबर, एअर बि एण्ड बि। बिना लगानी प्राप्त हुने मुनाफाले धनी गरीब बिचको खाडल त बढाउने नै छ, तर सन्जालको सम्भावना देख्ने जो कोहिलाई पनि प्रभावशाली कित्ता मा उभ्याउन सक्ने छ। कार्ल मार्क्सको पूँजीवादको व्याख्यालाई नै जरै देखी हल्लाएको छ शेयर्ड इकोनोमीले, यसको पुस्टी थोमस पिकेटीले आफ्नो किताब “क्यापिटल इन ट्वेन्टी फर्स्ट सेन्चुरी” मा गरेका छन्। मात्र चाहिन्छ, ईन्टरनेटको पहुच। अबको दशक ईन्टरनेट सुविधा नभै बिजुली जत्तिकै आवश्यकता बनेर प्रस्तुत हुने हो।

जसरी औधोगिक क्रान्ती सँगै सामान्य औजार, मशिनरी चलाऊन सक्ने ब्यक्ती रातारात मध्यम वर्गिय आय आर्जन गर्न सक्ने बने, अब आउने सन्जालको युगले मध्यम वर्गको परिभाषा पनि फेर्ने निस्चित छ। जसरी पहिलेका युगान्तकारी परिवर्तनले स्थापित मान्यतामा उथलपुथल ल्याए अबको युगान्तकारी परिवर्तनले पहिलेका स्थापित फायरवालमा ठुला भ्वाङ पार्ने पनि सुनिस्चित छ। हामी एक पटक फेरी रुबिकन तर्ने संघारमा छौ, फेरी कहिल्यै पछी नफर्कने गरी। तपाईं कत्तिको तयार हुनुहुन्छ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *